काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न भएको छ । जसका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ।
बैंकले “८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्येमा ४० प्रतिशत अर्थात् दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुनेछ। उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

































