National life

९ किलो सुन प्रकरणमा मुछिएका महरामाथि कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
704Shares
९ किलो सुन प्रकरणमा मुछिएका महरामाथि कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन
ncell

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर मन्त्री लामिछानेले महरा लगायतलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

मन्त्री लामिछानेले समितिले मुद्दा चलाउन सिफारिस गरेका महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही प्रक्रिया थाल्न भनेका छन्। लामिछानेले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको उनको सचिवालयको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले चैत १ गते भेपभित्रको ९ किलो सुन प्रकरणमा महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?