National life
cg eloctronics

९ महिनाको अवधिमा ५६ करोड रुपैयाँ बराबरका सामान बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
994Shares
९ महिनाको अवधिमा ५६ करोड रुपैयाँ बराबरका सामान बरामद
muktinatha bikash bank

काठमाडौँ ।  चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा भन्सार कार्यालय पर्साको प्रशासनले ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

उक्त रकम बराबरको राजस्व छलेर ल्याइएका सामान बरामद गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजक अनुसार नभएका सामान बरामद गरेको  जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार ५६ करोड रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ।  सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेको समेत अधिकारीले जानकारी दिएका हुन ।

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार ९ सय ६९ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

everest bank

सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजक अनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?