National life

सक्कली बिल लिने बानीले लखपति बनाउने सरकारी योजना सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.2kShares
सक्कली बिल लिने बानीले लखपति बनाउने सरकारी योजना सुरु
ncell

काठमाडौँ। सरकारले कर प्रणालीलाई सुदृढ बनाउँदै उपभोक्तालाई सचेत गराउने उद्देश्यसहित ‘सक्कली बिल लिऔँ, लखपति बनौँ’ अभियान अघि बढाएको छ।

नयाँ आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यो योजनाअन्तर्गत अब हरेक दिन एक जना नेपाली लखपति बन्ने व्यवस्था गरिएको छ भने महिनामा दुई जनालाई बम्पर उपहारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ।

यो योजनामा सहभागी हुनका लागि उपभोक्ता मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध हुनुपर्नेछ। साथै, एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ।

Royal Enfield
nic asia capital
उपभोक्ताले लिएको त्यही बिलमा उल्लेखित नम्बर नै पुरस्कार जित्ने आधार बन्नेछ।

सरकारका अनुसार उपभोक्तामा बिल लिने बानी विकास गराउँदै कर छलि नियन्त्रण गर्नु यस योजनाको मुख्य उद्देश्य हो। यसले औपचारिक अर्थतन्त्र विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

हालका लागि प्रत्येक महिनाको १६ गते र अन्तिम दिन गरी पाक्षिक रूपमा विजेता घोषणा गरिने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले कार्यविधि तयार गरी कार्यक्रम कार्यान्वयनलाई व्यवस्थित बनाउने तयारीसमेत अघि बढाइसकेको जनाएको छ।

सरकारले यो अभियान सफल बनाउन सर्वसाधारणलाई प्रत्येक कारोबारमा सक्कली बिल लिन आग्रह गरेको छ, जसले व्यक्तिगत लाभसँगै राष्ट्रको राजस्व प्रणालीलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।


यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?