National life
cg eloctronics

‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण कायम राख्दै राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन लाग्न आग्रह गरे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ असार २०८३, बुधबार
1KShares
‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । 

सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि मंगलबार अर्थ मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री वाग्लेले विशेष निर्देशन दिएका हुन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण कायम राख्दै राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन लाग्न आग्रह गरे । 

‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भन्े, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

उनले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर थप चुस्त, प्रभावकारी र पारदर्शी बनाउन निर्देशन दिए । प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्नुपर्ने उनको भनाइ थियो । 

अर्थमन्त्री वाग्लेले भन्सार तथा कर आम्दानी वृद्धि गरी मुलुकको आन्तरिक आय बलियो बनाउन सके बाह्य ऋणमाथिको निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकास निर्माणलाई गति दिन सकिने समेत बताए । 

 प्रशासन संयन्त्रमा सक्षम र अब्बल सहसचिवका रूपमा चिनिएका अधिकारीहरूलाई राज्यको प्रतिष्ठासँग जोडिएका निकायको नेतृत्वमा ल्याइएको भन्दै अर्थमन्त्री वाग्लेले आगामी ६ देखि ८ महिनाभित्र परिणाम देखिने विश्वास व्यक्त गरे । 

गत असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो।

असार २२ गते मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएको थियो।

नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्दै राजस्व संकलन सुधार र प्रणाली सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?