National life
cg eloctronics

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री र निजी क्षेत्रबीच उच्चस्तरीय संवाद

बैठकमा निजी क्षेत्रका तीन प्रमुख छाता संगठनका प्रतिनिधिहरू सहभागी छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.1kShares
अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री र निजी क्षेत्रबीच उच्चस्तरीय संवाद
ncell

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, लगानीको वातावरण सुधार गर्न र निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग उच्चस्तरीय संवाद गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरु भएको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौती, लगानी विस्तारका उपाय तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भइरहेको जनाइएको छ ।

बैठकमा निजी क्षेत्रका तीन प्रमुख छाता संगठनका प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बाट अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ सहभागी रहेको बताइएको छ। त्यसैगरी नेपाल उद्योग परिसंघ (सीएनआई) बाट निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) बाट अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी रहेको स्रोतले बतायो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले पछिल्लो समय आर्थिक गतिविधि विस्तार, निजी लगानी प्रोत्साहन र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र निजी क्षेत्रबीचको यो संवादलाई अर्थतन्त्रलाई थप गतिशील बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?