National life

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : सरोकारवाला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
701Shares
अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : सरोकारवाला
ncell

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान ककार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् ।

इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्रले लय समात्न नसकेको बताउँदै सरकारले यसमा गहिरो भएर लाग्नुपर्ने उनको भनाई थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालको पछिल्ला तथ्यांकहरु प्रश्तुत गर्र्दै उनले अर्थतन्त्रमा देखिएको समस्या र निजी क्षेत्रलाई परेको पीडालाई संचारमाध्यमले बुझेर सोही अनुसार सरकारी नीतिलाई झक्झक्याउनुपर्ने बताएका हुन् ।
‘हामीले निजी क्षेत्रका समस्याहरु पटकपटक सरकारसमक्ष सुनाउने तर सरकारले सुनुवाई नगरिदिने समस्या छ,’ उनले भने, ‘यहि समस्याको बीचको समाधानको काम संचारमाध्यमले गरिदिनुपर्छ ।’

यसैगरी कार्यक्रममा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्र र संचारमाध्यमबीच बलियो सम्बन्ध हुनुपर्ने बताए । उनले कार्यक्रममा विनियोजन विकास बजेट समयमै खर्च नहुँदा १० प्रतिशत मात्रै विकास हुने र ९० प्रतिशत यत्तिकै खर्च हुने अवस्था निम्तिएको बताए । उनले सरकारले यस्तो रकम समयमै भुक्तानी गरिदिँदा उद्योगी व्यवसायीहरुलाई सहज हुने आशा व्यक्त गरे ।

‘निजी क्षेत्रका यस्ता समस्याबीच इम्सनले निजी क्षेत्रलाई प्रवद्र्धन र सरकारलाई झकझक्याउने काम गरिरहनुपर्छ,’ उनले भने, ‘इम्सनलगायतका संचारमाध्यमहरुले निजी क्षेत्रले सरकारलाई दिएका सुझावहरु कार्यान्वयनमा लैजाने वातावरणको निर्माण गरिनुपर्छ ।‘

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले व्यापार तथा उद्योग क्षेत्रमा देखिएको नैराश्यता अन्त्य गर्न इम्शन आवश्यक हुने बताए । ‘हामी पनि निजी क्षेत्रको हक, हितलाई संरक्षण गर्नेगरी अघि बढेका छौं,’ उनले भने, ‘व्यापार चलेको खण्डमा मिडिया पनि चल्ने हो, हाल व्यापार व्यवसाय ओरालो लागेको अवस्थामा मिडिया पनि दवावमा छन् । व्यापार व्यवसाय बढेसँगै यो अवस्थामा सुधार आउला ।’

उनले राज्यले देशमा लगानी आओस र उद्योग कलकारखाना खुलुन भनेर कोशिष गरिरहँदा पनि देशको अहिलेको अवस्थाका कारण उद्योगी व्यवसायीहरु विदेशिनुपर्नेसम्मको अवस्था आएको बताए ।

कार्यक्रममा इम्शनका अध्यक्ष रामराजा श्रेष्ठले संचारमाध्यमले पनि निजी क्षेत्रले नाफा कमाउने सोच राख्न नहुने र राज्यले पनि निजी क्षेत्रलाई नियन्त्रणकारी भूमिकाले हेर्न नहुने मान्यता राखेको बताए । ’राज्यले आफुलाई नियन्त्रणकारी निकायका रुपमा मात्रै प्रस्तुत गर्नुहुन्न र निजी क्षेत्रले जसरी पनि नाफा मात्र कमाउने सोच पाल्नु हुन्न भन्नेमा हामी निश्चिन्त छौं राज्यको दिगो विकाशका लागि यहाँहरुकै महत्वपूर्ण भुमिका रहन्छ,’ उनले भने, ‘ नाफा कमाउँदा हुने गल्ति वापत व्यवसायीलाई जेल हाल्नु हुन्न बरु गल्ति बमोजिमको जरिवाना गर्नुपर्छ तर पक्रेर जेल हालेर लगानीको वातावरण बिगार्न हुन्न भन्ने मान्यता हाम्रो हो ।’ उनले वित्तिय अपराधको सजाय पनि वित्तिय नै हुनुपर्ने निष्कर्ष इम्सनको रहेको बताए ।

कार्यक्रममा इम्सनका महासचिव नारायण पौडेलले इम्सनमा आर्थिक क्षेत्रमा कलम चलाउने २६ संचारमाध्यम रहेको र उनिहरुले करिव ४ सय आर्थिक पत्रकारहरुलाई रोजगारी दिईरहेको बताए । तसर्थ इम्सन पनि निजी क्षेत्रझैं रोजगारदाता संस्था भएको उनको भनाई थियो । यस्तै इम्सनका उपाध्यक्ष लोचन खतिवडाले कार्यक्रममा उपश्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?