National life

लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो: बोर्ड अध्यक्ष श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
554Shares
लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो: बोर्ड अध्यक्ष श्रेष्ठ
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताउदै अध्यक्ष श्रेष्ठले लगानीकर्ताको लगानीको सुरक्षालाई पुँजीबजारसँग सरोकार राख्ने सबैले यो जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

यस्तै अध्यक्ष श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन पनि आवश्यक रहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उनको भनाई छ । यता स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पनि पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?