काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रमा भयावह अबस्था आउन सक्ने बताएका छन् ।
आज नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले अस्थिर नीतिहरु परिवर्तन नगरेको खण्डमा अर्थतन्त्रमा भयावह अवस्था आउनसक्ने बताएका हुन् ।
उनले व्यबसायिको मनोबल माथि उठाउनको लागि सरकारको अस्थिर नीति परिर्वतन गरिनुपर्ने बताए ।
अटो क्षेत्रले राजस्वमा ठूलो भुमिका खेलेको ढकालको भनाई छ ।
अटोले बैंक र बीमाको व्यवसायमा समेत ठूलो भुमिका खेलेको उनको दाबि छ ।
उनले भन्सारमा व्यवसायले नराम्रो ब्यवहार हुने गरेको भन्दै सबै हातेमालो गरेरे अघि बढे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताए ।

































