National life

आईएमएफको निष्कर्ष : नेपालको मौद्रिक नीति कार्यान्वयन नाजुक अवस्थामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
1.3kShares
आईएमएफको निष्कर्ष : नेपालको मौद्रिक नीति कार्यान्वयन नाजुक अवस्थामा
ncell

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मौद्रिक नीतिको कार्यान्वयन नाजुक देखिएको निष्कर्ष ठहर्‍याएको छ ।

नेपाललाई दिएको चार वर्षे विस्तारित कर्जा सुविधा (आईसीएफ) को तेस्रो समीक्षा गर्दै आईएमएफले यस्तो निष्कर्ष निकालेको हो। मुद्रास्फीति काबुमा ल्याउन र वित्तीय प्रणालीमा सुधार गर्न मौद्रिक नीति असफल भएको आईएमएफको जिकिर छ।

मौद्रिक नीतिको कार्यान्वयनमा कमजोरी देखिन्छ’, आईएमएफले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मौद्रिक नीतिले मुद्रास्फीति नियन्त्रण गर्न र बाह्य स्थिरता जोगाउन उपयुक्त नीति अवलम्बन गर्नुपर्छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुद्रा स्फीति घटिरहे पनि सेप्टेम्बरमा ८.२ प्रतिशतको उच्च स्तरमा रहेकोमा आईएमएफले चिन्ता व्यक्त गरेको छ। ‘आयातीत वस्तुहरुमा निभरुताका कारण बाह्य क्षेत्रका जोखिमहरू हाबी छन्’, आईएमएफले भनेको छ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को एसिया प्यासिफिक समूहले पहिचान गरेका कमजोरीहरूलाई सम्बोधन गर्न नसके नेपालको वित्तीय प्रणालीमा जोखिम भार व्यहोर्नुपर्ने अवस्था देखिन सक्ने आईएमएफले चेतावनी दिएको छ।

आन्तरिक राजस्व परिचालन गर्न, सार्वजनिक लगानी व्यवस्थापनलाई सुदृढ पार्न र वित्तीय जोखिमहरूलाई सम्बोधन गर्न र मध्यम अवधिका वित्तीय दिगोपनलाई बलियो बनाउन आवश्यक देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

आईएमएफले चालु आर्थिक वर्षमा नेपाल आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। ‘जुन सम्भाव्यताभन्दा कम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको लक्ष्य प्राप्ति आन्तरिक माग, नयाँ जलविद्युत क्षमता र पर्यटनमा निरन्तर सुधारबाट मात्र सम्भव छ।’

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?