National life

आर्थिक मन्दीको प्रभाव : दुध बिक्री नहुँदा किसान र व्यवसायी दुवै पलायन हुने सम्भावना बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ मंसिर २०८०, शनिबार
1.9kShares
आर्थिक मन्दीको प्रभाव : दुध बिक्री नहुँदा किसान र व्यवसायी दुवै पलायन हुने सम्भावना बढ्यो
ncell

काठमाडौँ ।  नेपालको दुग्ध क्षेत्रको अवस्था दिन दिनै झन् झन् कठिन अवस्थातिर धकेलिँदै छ । दुग्ध क्षेत्रको विकराल बन्दै गइरहेको समस्या देख्दा आगामी दिन दिन थप कठिन हुने निश्चित देखिन्छ ।

किसानले दूध बिक्री नभएको कारण दूध पोख्न समेत बाध्य हुनु पर्‍यो । जसका कारण किसान झन् ठुलो मारमा परे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कयौँ किसान नोक्सान सहन नसकेर यो पेसाबाटै पलायन भए । यसरी दूध पोख्ने घटना बर्सेनि देखिने गरेका छन् तैपनि दूधको बजारमा सहजता हुन सकिरहेको छैन ।

दुग्ध पदार्थ नबिकेको भन्दै डेरीहरूले अहिले किसानको भुक्तानी रोकिरहेका छन् ।  । यसरी रोकिएको भुक्तानी करिब ९ अर्ब रुपैयाँ भन्दा बढी भएको किसानहरूको दाबी छ। दूध किसानको भुक्तानी समस्या अहिले देशैभर चुलिएको छ ।

दूधको उत्पादन बढिरहेको तर खपतमा गिरावट आएको बिक्रेताहरू बताउँछन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरूले समेत दुग्ध पदार्थ बिक्री नभएका कारण किसानको पैसा दिन नसकिएको बताएका छन् ।

दुग्ध क्षेत्रको समस्या समाधानको निमित्त आफूहरू बिहानैदेखि झाससम्म निरन्तर रूपमा लागि परेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले आर्थिक भ्वाईसलाई बताएका छन् । दाहालले सकेसम्म दूधजन्य पदार्थ बिक्री गर्नबाट किसान वञ्चित नहोउन् भनेर आफू र  डेरी एसोसिएसन निरन्तर लागि परेको बताएका छन् ।

दाहालको अनुसार हाल बजारमा उपभोग कम र स्टक बढी भएको कारण दुग्ध क्षेत्र गतिशील हुन नसकेको बताएका छन् । दाहालले किसानको उत्पादन खरिद गर्न नरोकिने गरी संस्थानले काम गरिरहेको भन्दै खपत बढाउन मूल्य सस्तो मूल्य कायम राखेको बताएका छन् ।

दूध बढी भएको बेला बनाएको पाउडर लगभग ५–६ महिना बजारमा जान नसक्ने र पुजी स्टक भएर बस्दा चल्नै गाह्रो हुने गरेको छ । त्यसको सिधा असर  किसान र किसानको भुक्तानीमा पर्न गई समयमा रकम चुक्ता गर्न अप्ठ्यारो अवस्था सृजना भएको दाहाल बताउँछन् ।

उनी भन्छन् हाम्रो देशको दूध उत्पादनमा फल्स सिजन ( धेरै उत्पादन हुने ) र अर्को लिन सिजन  (कम उत्पादन हुने) हुन्छ । फल्स सिजनमा दूधलाई कन्भर्जन गरेर पाउडर बनाएर राख्ने र पुनः लिन सिजनमा दूध बनाएर बिक्री गर्ने गरिन्छ । यसरी पाउडर दूधलाई पुनः झोल दूध बनाउँदा लागतमा २१ प्रतिशतसम्म वृद्धि हुने गर्दछ । यसको अर्थ दूध कन्भर्जन गर्दा लागत बढी हुन्छ र त्यसले फाइदा हुँदैन । यो ठुलो समस्या हो ।

उत्पादन बढी हुँदा स्टक गरेर राख्न समस्या हुने र कम उत्पादन हुँदा बजारको माग धान्न समस्या हुने हुँदा यो अवस्थाले दुग्ध व्यवसाय अति नै कठिन हुँदै जान थालेको छ। उद्योगले १२ महिना नै किसानको दूध किन्न पर्ने हुन्छ । यदि त्यसरी लिन नसक्ने हो भने फेरि उद्योगले सधैँ दूध नपाउने हुन्छ । यस कारण उद्योगीले किसानको दूध जसरी पनि किन्नुपर्ने बाध्यता छ।

फेरि यदि उद्योगीले दूध नकिन्ने हो भने किसान पेसाबाट नै पलायन हुने अवस्था आउन सक्छ । अहिले निरन्तर त्यो समस्या बढेको छ बजारमा दूध बिक्री नहुनुको एउटा मुख्य कारण दूध खरिद गर्ने क्रेता पलायन हुनु हो ग्राहक नै पलायन भएको खण्डमा किसान स्वतः पलायन भए बराबर हो त्यसरी किसान पलायन हुँदा पनि पुनः उद्योगमै असर पर्छ । त्यस कारण पनि आम उद्योगले बढी भएको दूधलाई जसरी पनि घाटा नाफा नहेरी कन्भर्जन गरेर किसानलाई राहत दिने प्रयास गर्ने गरेका छन् ।

सबै डेरी उद्योगले किसानको समस्याप्रति चिन्तित भएर किसानलाई निराश हुन दिनु हुँदैन । दूध बढी हुँदा र कम हुँदा सबै उद्योगहरू मिलेर समाधान गर्नुपर्दछ । यहाँ दूध बढी र घटी भएर समस्या आउँदा कसैको थाप्लोमाथि दोष आउने काम गर्नु हुँदैन । औपचारिक र अनौपचारिक क्षेत्र भनेर अनावश्यक तर्क वितर्कतिर लाग्नु हुन्न ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। देशभर ५ लाखभन्दा बढी किसान घरपरिवार यो पेसामा लागेका छन् । ३० हजार जनाभन्दा बढिले उद्योग तहमा रोजगार पाएका छन् । दैनिक ६ करोडभन्दा बढी रकम सहरबाट गाउँमा जाने गरेको छ । अरू लाखौँ जनाले विभिन्न तहमा रोजगार पाएका छन् । यसले गर्दा आम किसानलाई स्वरोजगार मिलेको छ । त्यसैले अब यो क्षेत्रमा सबै पक्ष उत्तिकै गम्भीर हुन आवश्यक छ दाहालले लामो भूमिका सहित किसानको चिन्ता सबैको चिन्ता हुनुपर्ने बताएका छन् ।

दूध खपत घट्नुलाई प्रयोगकर्ता पलायन भए भन्ने मात्रै तर्कले पर्याप्त जवाफ हुन सक्ला र भन्ने हाम्रो प्रश्नमा दाहाल भन्छन् त्यो एउटा कारण हो तर त्यो मात्रै कारण भने होइन हाम्रो बजार भनेको मध्यम वर्ग हो उच्च बर्गले अनेकौँ बहानामा दूधको खपत छली गर्छन् मध्यम वा निम्न वर्गसँग अहिले आर्थिक मन्दीको प्रभाव परेको छ । अर्को भनेको प्राकृतिक विपत्तिहरू हुन महाभूकम्प , कोरोना, लम्की स्किन जस्ता रोग तथा विपत्तिले समेत हाम्रो बजार प्रभाव पारेको छ ।

सबैभन्दा मुख्य कारण भनेको हाम्रो देशको खुला सिमाना हो , अहिले पनि देशमा दैनिक रूपमा ५० हजार लिटर दूध भारतबाट भित्रिने गरेको छ । सरकारी मापदण्ड सम्झने हो भने १० ग्राम भन्दा बढीको दूध तथा दग्ध जन्य सामाग्री उत्पादन गर्न पाइँदैन तर सरकारी निकाय मुख दर्शक बन्नु र नेपाली बजारको भन्दा सस्तो मूल्यमा आयात हुने भएको कारण भारतीय दूधको बिक बिकी बढ्नुले हाम्रो उत्पादन र बजारमा सिधा असर पारेको छ ।

कुरामा राज्यको विशेष ध्यान जानुपर्ने देखिन्छ । राज्यलाई सिजने बल उत्पादन हुन्छ भन्ने थाहा छ । यहाँ दूध उत्पादनमा लिन सिजन र फल्स सिजन गरी दुई सिजन छन् । यसले आम उद्योग र किसानलाई ठुलै समस्यामा पारेको हुन्छ । तर यसको व्यवस्थापन गर्ने पहलकदमी आजसम्म खासै कहीँ कतैबाट भएको छैन ।

किसानले बजारमा लगेर बेच्न नसकेर बढी भएको दूधलाई कन्भर्जन गरी पाउडर बनाउन लाग्ने लागत घटाउन सरकारको भूमिका हुनुपर्छ । किसानको बिक्री हुन नसकेर खेर जाने दूध कन्भर्जन गर्ने उद्योगलाई राज्यले जतिसक्दो चाँडो प्रवर्द्धन गरिनुपर्छ । मूल्य निर्धारण गर्दा पनि फल्समा कम र ड्राइमा बढी गर्न सके सबैको हित हुनेछ ।

सरकारले आम उद्योगलाई विद्युत्, भ्याट आदि के केमा सहुलियत दिन मिल्छ सबैमा दिनुपर्छ । यसो गर्दा मात्र उद्योगीको मनोबल बढ्न गई दुग्ध बजारको भविष्य सहज हुन जान्छ र रोजगारको पनि बिस्तार हुन्छ । दुग्ध उद्योगको क्षेत्र प्रत्यक्ष उपभोक्तासँग सम्बन्धित छ । त्यसैले उद्योगले बजारमा पठाउने दूध, दही, घ्यु, मही, बटर तथा दूधमा आधारित अन्य उत्पादनहरू चीज, पनिर, आइसक्रिम लगायतका उत्पादन गुणस्तरीय हुनुपर्छ भन्नेमा उद्योग सधैँ सजग हुनै पर्छ ।

सरकारले तोकेको मापदण्ड पूरा गरेर गुणस्तरीयता कायम गर्न प्रतिबद्ध भएर अगाडि बढ्न आवश्यक छ । तर गुणस्तर कायम राख्न विभिन्न तहमा रहेका व्यक्ति तथा निकायहरूको उत्तिकै भूमिका रहन्छ। गोठदेखि ओठसम्मको मूल्य शृङ्खला मध्ये एउटा पाटो मात्र उद्योग हो ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?