National life

आर्थिक वर्ष ८०-८१ मा आयात १.२ प्रतिशत र निर्यात ३.० प्रतिशतले घट्यो (पूर्णपाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
704Shares
आर्थिक वर्ष ८०-८१ मा आयात १.२ प्रतिशत र निर्यात ३.० प्रतिशतले घट्यो (पूर्णपाठसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

आज आइतबारका दिन सार्वजनिक गरेको एक वर्षको तथ्यांकस अनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति रु ५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको तथ्याकंमा उल्लेख छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । यस्तै असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु ६४ खर्ब ५२ अर्ब रहेको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2080.81.pdf" title="Current Macroeconomic and Financial Situation -Nepali (Based on Annual data of 2080.81)"]

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?