National life

इजरायलले माग्यो ८ सय नेपाली कामदार: यी हुनु मापदण्ड र मार्सिक ज्याला 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
1.2kShares
इजरायलले माग्यो ८ सय नेपाली कामदार: यी हुनु मापदण्ड र मार्सिक ज्याला 
ncell

काठमाडौँ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि इजरायलले ८ सय नेपाली कामदार लैजाने भएको छ।

वैदेशिक रोजगारमा आज सूचना प्रकाशित गर्दै ८ सय जनाको लागि आवेदन खुलाएको छ ।

नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो।

निजी क्षेत्रको संलग्नता नरहेको यस संयन्त्र मार्फत इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ। ८ सय जना माग भएको मध्ये ५ सय जना मुख्य उम्मेदवार हुनेछन्। त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने  भएको छ ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्। यो काममा जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि भने अधिकतम ५ वर्षसम्म हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?