National life
cg eloctronics

इमर्जिङ नेपालको आम्दानी घटेसँगै नाफामा दबाब, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
877Shares
इमर्जिङ नेपालको आम्दानी घटेसँगै नाफामा दबाब, प्रतिसेयर आम्दानी कति ?
muktinatha bikash bank

काठमाडौँ । मङ्गलवार इमर्जिङ नेपाल लिमिटेडलेको परिचय गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९ दशमलव ८३ प्रतिशतले घटेर एक करोड ४८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यसले १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । यस अवधिमा कम्पनीले सञ्चालन आम्दानी १ करोड ४३ लाखबाट बढाएर १ करोड ५९ लाख रुपैयाँ  पुर्‍याएको छ । यता, अन्य स्रोतबाट हुने आम्दानी १ करोड ६६ लाखबाट घटेर १ करोड ८ लाख रुपैयाँ कायम भएको छ ।

उक्त आम्दानी घटेसँगै नाफामा दबाब परेको छ । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इमर्जिङ नेपालको जगेडा कोषमा ३ करोड ९७ लाख रुपैयाँले जम्मा छ । यसको प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.१६ रुपैयाँ कायम रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?