National life

ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
961Shares
ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२’ जारी गर्न लागेको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्तात, ३ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज पाइने छ । यसको भुक्तानी अर्धवार्षिक रुपले ६-६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?