National life

एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम डडेल्धुरामा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
567Shares
एनआईसी एशिया क्यापिटलको  लगानीकर्ता सचेतना कार्यक्रम डडेल्धुरामा सम्पन्न
ncell

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम मिति २०८१ साल कार्तिक ९ गते शुक्रबार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत श्री दामोदर रायमाझीज्यूले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी श्री किशोर भट्टज्यूले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा विहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरुको लागि गरिएको र सो कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दोश्रो चरणमा दिनको ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?