National life

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ४७४.३८ प्रतिशतले वृद्धि, प्रतिशेयर नेटवर्थ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
740Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ४७४.३८ प्रतिशतले वृद्धि, प्रतिशेयर नेटवर्थ कति ?
ncell

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनको नाफाका कारण खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.३८ प्रतिशत बढी हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?