National life

एमसिसी कार्यान्वयनको एक वर्ष पुरा: कति भयो उपलब्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
705Shares
एमसिसी कार्यान्वयनको एक वर्ष पुरा: कति भयो उपलब्धि
ncell

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको उल्लेख गरिएको छ ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराइएको छ । कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको बताए ।

त्यस्तै दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उनले उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिँदै उनले वैशाख २७ गते तीन करोड ५५ लाख १० हजार अमेरिकी डलर रकम बराबरको नयाँ बुटवल, नवलपरासीपश्चिम सम्झौता सम्पन्न भएको बताए ।

गत असार १ गते पाँच करोड १६ लाख अमेरिकी डलर बराबरको रातमाटे, नुवाकोट तथा गत साउन १६ गते तीन करोड ८८ लाख ९० हजार डलर बराबरको नयाँ दमौली, तनहुँ सम्झौता सम्पन्न भएको जनाइएको छ । सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसिसीले जनाएको छ।

धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गरिनेछ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गाप्राप्तिमा प्रगति भएको, दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको छ ।

जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य समेत सम्पन्न भएको छ । समयमै एससिसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको एमसिसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले बताए।

कार्यक्रमले गरिबीबाट हटाउन मद्दत गरेको उल्लेख गर्दै उनले आफूहरूसँग काम गर्ने सिलसिलमा विविध चुनौतीको सामना गर्ने, नवीन समाधान खोज्ने र सफलता हासिल गर्ने समृद्ध र विविध अनुभव रहेको बताए । डीन नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमसिसी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै यसमा सरोकारवालाको सहयोग भइरहेको बताए । उनले आयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहेको उल्लेख गर्दै अमेरिकी सरकारले यस आयोजनालाई महत्त्वका साथ अघि बढाएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?