National life

कृषि बीमा बापतको ९७ करोड प्रिमियम भुक्तानी गर्छौ : कृषि मन्त्री साह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
1.2kShares
कृषि बीमा बापतको ९७ करोड प्रिमियम भुक्तानी गर्छौ : कृषि मन्त्री साह
ncell

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा बापत बीमा कम्पनीहरूले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले कृषि बीमा बापतको प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै कृषि मन्त्री ज्वालाले मन्त्रालयले यसै आर्थिक बर्षको अन्त्य सम्ममा भुक्तानी हुन बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने बताइन ।

बीमा कम्पनीहरूले पाउनुपर्ने अनुदान प्रिमियम बापतको अनुदान रोकिएपछि किसानले दुःख पाएको भन्दै  मन्त्री साँहले चाँडोभन्दा चाँडो रकम निकासाका लागि आफूले पहल गर्ने बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाली तथा पशुबिमा गरेबापत बीमा कम्पनीहरूले पाउनुपर्ने अनुदान बक्यौता नपाएका कारण बीमा कम्पनीहरूले गत चैतदेखि बीमा कार्य बन्द गरेको थिए ।बीमा कम्पनीहरूले आफ्नो नगद प्रवाह हुन नसेको भन्दै केही दिन अघि विज्ञप्ति समेत जारी गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले केही समय अगाडि आर्थिक भ्वाईससँगको कुराकानीमा बीमा कम्पनीहरूले दाबी नतिर्नुको पछाडि समस्या रहे पनि उनीहरूले बीमाशुल्क लिइसकेकाले दाबी भुक्तानी तिर्दिनौ भन्न स्वाभाविक नदेखिने बताएका थिए।

सरकारले समयमै अनुदानको पैसा नदिँदा बीमा कम्पनीहरूलाई पनि समस्या परेको प्रसंग जोड्दा आफूहरूले सरकारलाई घचघच्याई रहेको र बीमाको उद्देश्य बीमितलाई समयमा भुक्तानी दिने नै भएकाले कसैले पनि दाबी भुक्तानी गर्दैनौ भन्न नमिल्ने पौडेलको सुझाव थियो ।

यस अघि आधा अर्ब रुपैयाँ रकम दिने तयारी गरेको मन्त्रालयले बीमक संघले अनुदानको भुक्तानी नपाएको विज्ञप्ति जारी गरेसँगै एक अर्ब रुपैयाँ दिने प्रक्रिया सुरु भएको हो । केही दिन भित्र उक्त रकम आएमा कृषि बीमाले गति लिने विश्वास राखिएको छ । त्यस्तै, अनुदानको रकम दुरुपयोग नहोस् भनेर जुनसुकै देशमा अनुदानको रकम दिनु पूर्व पनि केही अनुसन्धान हुनसक्ने पौडेको भनाई थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले ल्याएको विपन्न कृषकहरूलाई आर्थिक सहुलियत दिने योजना सहित नेपालमा कृषि बीमाको अवधारणा अघि बढिरहेको छ । तर, कार्यकारी निर्देशक पौडेलले वर्तमान अवस्थामा स्थानीय निकायहरूलाई नै अनुदानका कृषि बीमाको जिम्मा दिन सके कृषकहरूलाई थप सहज हुने बताएका हुन ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?