National life

कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता,पूर्वाधार क्षेत्रमा शुन्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
876Shares
कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता,पूर्वाधार क्षेत्रमा शुन्य
ncell

काठमाडौँ। विदेशी लगानीकर्ताको खासै आकर्षणको क्षेत्रमा नरहेको नेपालको कृषि क्षेत्रमा यस पटक राम्रै प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा मात्रै नेपालको कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा कृषि र वनका १३ वटा परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । सिन्धुलीमा मासु प्रशोधन उद्योग निर्माणका लागि प्राप्त प्रतिबद्धताका कारण कृषिमा उच्च लगानी प्रतिबद्धता देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषिपछि पर्यटन क्षेत्रमा लगानीकर्ताको चासो देखिन्छ । विभागका अनुसार चार महिनामा पर्यटन क्षेत्रमा ११८ वटा परियोजनाका लागि आठ अर्ब ९४ करोड २० लाख ५० हजार रुपियाँको प्रतिबद्धता आएको छ । त्यस्तै सेवा क्षेत्रका २३ वटा परियोजनाका लागि तीन अर्ब नौ करोड ६० लाख रुपियाँ प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

उत्पादनमूलकतर्फ २१ वटा परियोजनामा एक अर्ब ६५ करोड २० लाख रुपियाँ प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रमा भने ८७ करोड ४३ लाख ८६ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । ऊर्जाका लागि १८ करोड ४२ लाख ५० हजार लगानी प्रतिबद्धता प्राप्त छ । खनिजतर्फ एउटा परियोजनाका लागि चार करोड ५० लाख रुपियाँको प्रतिबद्धता आएको छ । पूर्वाधार क्षेत्रमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।

चार महिनामा स्वीकृत भएका ३८२ परियोजनामध्ये ३६९ वटा साना परियोजना छन् । लगानीकर्ता सबैभन्दा धेरै साना प्रकृतिका परियोजनामा आकर्षित भएका छन् । यस्तै मझौला छ र ठुलो परियोजनाको सङ्ख्या सात छ । विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ३८२ वटा परियोजनामार्फत ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

गत आव २०८१/८२ मा सो अवधिमा १८ अर्ब ६६ करोड ५१ रुपियाँ बराबरको मात्र लगानी स्वीकृत भएको थियो । साउनमा मात्रै २४ अर्ब १० करोड ४९ लाख रुपियाँ रकम बढीको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । भदौमा आठ अर्ब ९४ करोड ७० लाख रुपियाँ, असोजमा दुई अर्ब ४५ करोड ७३ लाख रुपियाँ र कात्तिकमा एक अर्ब ५४ करोड ३९ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ खर्ब ८६ अर्ब पाँच करोड रुपियाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?