National life

के हो लम्पी स्किन रोग,कसरी सर्छ,लक्षणहरु के –के हुन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ साउन २०८०, शनिबार
537Shares
के हो लम्पी स्किन रोग,कसरी सर्छ,लक्षणहरु के –के हुन् ?
ncell

काठमाडौं । गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीबाट देशभरका किसानको अरबौँको क्षति भएको छ।

विभागका अनुसार गत वर्ष माघ महिनामा देखा परेको यो रोगका कारण हालसम्म करिब ४९ हजार पशु मरिसकेका छन् ।
हाल देशभरमा सङ्क्रमित अवस्थामा रहेका पशुको सङ्ख्या १ लाख ८३ हजार ८ सय एक छ।, भने रोग देखा परे देखी हालसम्मको सङ्क्रमित सङ्ख्या ११ लाख ४ सय ९१ छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै खोप लगाइएको पशुको सङ्ख्या ३ लाख ५० हजार ९ सय २६ छ भने, निको हुनेको सङ्ख्या ८ लाख ६७ हजार ८ सय १० रहेको छ ।

के हो लम्पी स्किन रोग

यो गाईभैंसीमा देखिने एक सरुवा रोग भए पनि मान्छेमा भने सर्दैन। विशेष गरी गर्मी मौसममा टोक्ने झिँगा (डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरुको सङ्ख्या बढी तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिन्छ।, जसका कारण दुध उत्पादनमा तिव्र गिरावट आउनुका साथै प्रजनन् समस्या आउने, गर्भपतन हुने, भैँसीको छालाको गुणस्तरमा ह्रास आउने, ओजन घट्ने जस्ता समस्या हुनुका साथै कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ । त्यस्तै गाई भैसीहरुको ओसारपसार तथा व्यापारमा प्रतिबन्ध गर्नुपर्ने हुँदा थप आर्थिक नोक्सानी हुने गर्दछ ।

कसरी सर्छ ?

लामखुट्टे, झिँगा र किर्ना जस्ता किराहरुको टोकाईबाट यो रोग सर्छ। सङ्क्रमित गाईवस्तुहरुको ओसारपसारबाट, सामुदायीक चरन क्षेत्र तथा दाना पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट, पशु उपचार गर्ने क्रममा फरक गाइभैंसीहरुमा एउटै सुई को प्रयोगबाट, र कहिलेकाहीं प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्न सक्छ ।

लक्षणहरु के –के हुन् ?

सङ्क्रमित गाईभैसींलाई उच्च ज्वरो आउने, दाना पानी कम खाने, र दुध उत्पादनमा कमी आउने , छालामा १–५ सेन्टिमिटरको साह्रो गोलो गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन्। लामो रौँ भएका गाइभैंसीमा गिर्खाहरु सजिलै देखिँदैनन्।, जिउ छाम्दा तथा पानिले भिजेको अवस्थामा मात्रै पत्ता लगाउन सकिन्छ । त्यसै गरी, सामान्य सङ्क्रमणमा गिर्खाहरुको सङ्ख्या थोरै र गम्भिर संक्रमणहरुमा पुरै शरीर ढाक्ने गरी हुन सक्दछ।,

गिर्खाहरू केही समयपछि हराउन सक्छन् तर कहिलेकाहीँ गिर्खाहरु फुटेर गहिरो घाउ भई किरा तथा झिँगाहरूले ९औसा०घाउलाई थप जटिल बनाउन सक्दछन् ।

थुतुनो, मुख, र नाकभित्र घाउ देखिनुका साथै आँखा र नाकबाट अत्याधिक तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फ नोडहरु सुन्निने हुन सक्छ ।तर केही सङ्क्रमित गाईभैंसीहरुले कुनै पनि लक्षण नदेखाउन सक्छन् ।

उपचार

यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।

रोगको शङ्का लागेमा के गर्ने ?

गाईभैंसीहरुको नियमित निरीक्षण गर्नुहोस् र पशुहरुमा रोग लागेको शङ्का लागेमा सम्बन्धित निकायमा जानाकारी गराउनुपर्छ । रोगको प्रकोपको समयमा वा जोखिममा रहेका क्षेत्रमा पर्ने गाईभैंसीहरुको दैनिक परिक्षण गर्नुपर्छ ।

पशुहरुलाई रोग लागेको शङ्का भएमा तुरुन्त प्राविधिक स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा विभाग र अन्र्तगतका निकायलाई जानाकारी गराउनुपर्छ । लम्पी स्किन रोग भएको अवस्थामा पशुहरुको ओसारपसार तुरुन्त रोक्नुपर्छ ।

प्रदेश सरकारले खोप वितरणका लागी बजेट विनियोजन गरे पनि अझैसम्म अधिकांश भेगमा खोप खरिद गरी वितरण कार्य हुन सकेको छैन । यो रोगको महामारीका कारण गाई भैँसी पालन गर्दै आएका किसान गरिबीमा धकेलिने देखिएको छ । विभागले लामखुट्टे लगायतका टोक्ने किरामा यो विषाणु लामो समय सम्म जीवित रहने भएकाले दीर्घकालीन रुपमा यो रोग नियन्त्रणका लागि वर्षेनि खोप लगाउन आवश्यक रहेको बताएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?