National life

गुल्मीमा बाँदर लखेट्दै जाँदा फेला परेको गुफा पर्यटकका लागि आकर्षक केन्द्र बन्दै 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असोज २०८१, आइतबार
1.5kShares
गुल्मीमा बाँदर लखेट्दै जाँदा फेला परेको गुफा पर्यटकका लागि आकर्षक केन्द्र बन्दै 
ncell

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यति बेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको विचित्र गुफा साँच्चिकै विचित्रको छ।

२०४५ सालमा बारीमा मकै खान आएको ढेँडु बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा भेटेका थिए। उनले लखेट्दै जाँदा त्यो ढेँडु बाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालवाट भित्र पसेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाँदर पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए।

लामो सयमदेखि विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे। पछिल्लो समय बाह्य पर्यटकसमेत आउन थालेका छन्। यसपटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न आएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको छ। यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ।

विचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ। गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्त्वबारे जानकारी गराउने चलन छ। गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्छ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ुस्वर्ग जाने बाटोु हो, जहाँ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ। यो बाटो एकदमै साँघुरो छ। जो मानिस त्यहाँ भित्र छिर्न सक्छ, उसले आफूलाई साह्रै भाग्यमानी ठान्छ।

गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यमा लाली थपिदिएको छ। गुफा क्षेत्र विकासका लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरी दुई करोड रूपैयाँभन्दा बढी लगानी गरिएको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए।

सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफा मदन भण्डारी राजमार्ग भएर सकिन्छ। रासस

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?