National life

ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा १९.०३ प्रतिशत ले वृद्धि,अन्य सूचक कस्तो छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
602Shares
ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा १९.०३ प्रतिशत ले वृद्धि,अन्य सूचक कस्तो छ
ncell

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार लघुवित्तको खुद नाफामा वृद्धि भएको छ ।

त्रैमाससम्मको अवधिमा लघुवित्तको खुद नाफा १९.०३ प्रतिशतले बढेर ४ करोड ४ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो ।

यता, खुद ब्याज आम्दानी भने ११.९६ प्रतिशतले घटेर १३ करोड ७१ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानीमा गिरावट आए पनि यसको इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो।

गत वर्ष ४ करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ। यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले बढेर २६ रुपैयाँ १६ पैसा पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?