National life

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्री वितरणमा रोक, बिक्री गरे कारबाही हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
762Shares
चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्री वितरणमा रोक, बिक्री गरे कारबाही हुने
ncell

चितवन । चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।

नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्’, सापकोटाले भने, ‘किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् ।

पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।’ प्लास्टिकजन्य फूल तथा मालानै प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ । - रासस

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?