National life

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५% मा सीमित हुने अर्थको प्रक्षेपण

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
846Shares
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५% मा सीमित हुने अर्थको प्रक्षेपण
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धीदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।अर्थ मन्त्रालयले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक स्थितीपत्रमा चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक स्थितीपत्रमा छिमेकी देशहरुको तुलनामा आर्थिक वृद्धिदर निकै कम रहेको पनि उल्लेख छ । पछिल्लो दशकमा नेपालको वार्षिक आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको जनाइएको छ । यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४ प्रतिशतको संकुचनदेखि अधिकतममा ९ प्रतिशतसम्मको विस्तार भएको छ।

यसैबीच अर्थतन्त्रमा कृषि र उद्योगको योगदानमा गिरावट आउँदै जादा सेवा क्षेत्रको योगदान विस्तार हुँदै गएको उल्लेख छ। आर्थिक वर्ष २०७२/७३ मा कृषि क्षेत्रको योगदान २८.४ प्रतिशत रहेकोमा २०८१/८२ मा २५.२ प्रतिशत रहेको छ।

यस्तै सेवा क्षेत्रको योगदान ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ । सोही अवधिमा उद्योग क्षेत्रको योगदान १४.१ प्रतिशतबाट घटेर १२.८९ प्रतिशतमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?