National life

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै पाल्पाकी गंगा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
655Shares
तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै पाल्पाकी गंगा
ncell

काठमाडौं । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गंगा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएका छन्।

आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन्। सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लागे।

अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताए। वार्षिकरुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख रूपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए। उनी स्थानीय बजारको अवस्था र ग्राहकको मागअनुसार तरकारी लगाउने गर्छन्। यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेका छन्।

बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन्। दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक ५० हजार रूपैयाँ बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्‍याएको उनले जानकारी दिए।

तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताए। ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उनको भनाइ छ।

पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिए।

उनको व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छिन्। श्रीमान्(श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन्। उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थालेका छन्। बारी हरिया तरकारीले ढाकिएका छन्। उनको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन्।

गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट एक लाख रूपैयाँ आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताइन्।

बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ। उनका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन्।

पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए।

व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवा दिँदै आएको उनले जानकारी दिए। रासस

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?