National life

दुई महिनामा ६ अर्ब ८१ करोड बढीको पुँजीगत लाभकर संकलन, कुन शीर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
798Shares
दुई महिनामा ६ अर्ब ८१ करोड बढीको पुँजीगत लाभकर संकलन, कुन शीर्षकमा कति ?
ncell

काठमाडौँ। भदौ महिनामा मात्रै सरकारले सेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको पुँजीगत लाभकर उठाएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार अनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो । यो रकम साउनको तुलनामा ३९ प्रतिशतले कम हो ।

साउनमा ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर उठाइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन महिनाभरमा नेप्सेमा ४१४ अर्ब हाराहारीमा सेयर कारोबार भएको थियो ।

भदौ महिना लागेसंगै नेप्से परिसूचकमा निरन्तर रूपमा आएको उच्च गिरावटका कारण राजस्व संकलनमा गिरावट आएको हो । भदौ महिनामा सरकारले साढे २ अर्ब बढीको राजश्व संकलन गरेको छ । भदौमा सेयर बजार १४ प्रतिशतले गिरावट आएको थियो ।

भदौ महिनामा सरकारले व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ र व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन गरेको सीडीएस एण्ड क्लियरिङको तथ्यांकमा उल्लेख छ ।

साथै चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो । कर्पोरेट पुँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ र स्टक डिलरको पुँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?