National life

नक्कली सुन देखाएर ७ लाख ७५ हजार ठगी गर्ने पाँच जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
874Shares
नक्कली सुन देखाएर  ७ लाख ७५ हजार ठगी गर्ने पाँच जना पक्राउ
ncell

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टिम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर तामाङ र बाह्रबिसे नगरपालिका-८ का ४८ वर्षीय जितबहादुर तामाङलाई प्रहरीले शुक्रबार बोडेबाट पक्राउ गरेको हो ।

सोही गिरोहमा समावेश भएका बाह्रबिसे नगरपालिका ५ घर भई मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङलाई पनि शनिबार बोडेबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनीहरूले आफूसँग एक किलो सुन भएको बताउँदै त्यसमा लगानी गर्न भनेर मध्यपुरथिमी नगरपालिकास्थित कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षीया विनिता थापा मगरसँग ७ लाख ७५ हजार रूपैयाँ ठगेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूले सुरूमा लगानी गरिसकेपछि बेचेर आएको पैसा बराबर भागबन्डा गर्ने भनेर विनितासँग पटकपटक गरी सात लाख बढी पैसा लिएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि विनिताले प्रहरीमा जाहेरी दिएकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?