National life

निर्धन उत्थान लघुवित्तको नाफामा १९७.९९ प्रतिशतको छलाङ, इम्पेरमेन्ट चार्ज घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
563Shares
निर्धन उत्थान लघुवित्तको नाफामा १९७.९९ प्रतिशतको छलाङ, इम्पेरमेन्ट चार्ज घट्यो
ncell

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको यस अवधिको तुलनामा १९७.९९ प्रतिशतले धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष कम्पनीले १६ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढेको हो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८१ प्रतिशत घटेको छ भने खुद फी तथा कमिशन आम्दानी २१९.०२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ६.७७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८९.६२ प्रतिशत बढेको छ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ८७ करोडबाट घटेर ४३ करोडमा झरेको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा उल्लेख्य बढेको हो। अघिल्लो वर्ष २४ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले बढाएर ७१ करोड ७८ लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा पनि नाफामा वृद्धि हुन टेवा पुगेको छ ।

यता कम्पनीको खुद ब्याज आम्दानी भने ७.८१ प्रतिशतले घटेर १ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ जम्मा छ । यसको खराब कर्जा भने ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत भएको छ।

यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ५१ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९८.६१ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?