National life

नेपाल बैंकले घर र गाडी कर्जामा ७ प्रतिशत ब्याजमै लगानी गर्ने, व्यवसाय कर्जामा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
718Shares
नेपाल बैंकले घर र गाडी कर्जामा ७ प्रतिशत ब्याजमै लगानी गर्ने, व्यवसाय कर्जामा कति ?
ncell

काठमाडौँ । नेपाल बैंकले ७ प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको कर्जा योजनाहरूमा ब्याजदर ७.७० प्रतिशतमा झारेको हो।

कर्जातर्फको ब्याजदर क्रमिक रूपमा ओरालो लागिरहेको बेला बैंकले सर्वसुलभ आवास कर्जा योजनाको ब्याजदर ७.७० प्रतिशत निर्धारण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्धार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

५ वर्षदेखि २५ वर्षसम्म भुक्तानी अवधि रहेको यस योजनामा सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट दिने भएको । ५ लाख रुपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

साथै बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदर समेत घटाएको छ। कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको र समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

व्यावसायिक ग्राहकहरूले चालु पुँजी तथा स्थिर पुँजी व्यवस्थापनको लागि यो कर्जा उपयुक्त हुन सक्ने बैंकको दाबी छ । यस्तै नयाँ गाडी खरिदको अटो कर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?