National life
cg eloctronics

नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी सहयोग गर्न एबीएसँग गभर्नर अधिकारीको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
1KShares
नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी सहयोग गर्न एबीएसँग गभर्नर अधिकारीको आग्रह
muktinatha bikash bank

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको पर्यटन पूर्वाधार, हाइड्रोपावर लगायत यातायातको क्षेत्रमा लगानी सहयोग गर्न एसियन बैंकर्स सङ्घ (एबीए) सँग आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घ (एनबीए) को सहकार्यमा पहिलोपटक नेपालमा एसिया बैंकर्स कन्फेरेन्समा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उक्त कन्फेरेन्समा विश्वका २४ मुलुकका ६३ प्रतिनिधिहरु सहभागी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गभर्नर अधिकारीले विश्व बैंक (वल्र्ड बैंक), एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सहभागितामा एसियाली बैंकहरुको प्रतिनिधिको सम्मेलनमा नेपाल आर्थिक संवृद्धिको यात्रामा अघि बढिरहेको र यसका लागि अन्तर्राष्ट्रिय साझेदारहरूको समेत साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

त्यस्तै, उनले नेपालको अर्थतन्त्र सकारात्मक पथमा रहेकाे बताए । उनले भने, 'लगभग ८ प्रतिशत आर्थिक वृद्धिमा पुगिसकेको नेपालको अर्थतन्त्र कोभिड–१९ का कारण केही प्रभावित हुन पुग्यो । तथापि, यहाँको पर्याप्त लगानीको सम्भावनाले, तीव्र प्रतिफलको सम्भावनाले छिटो विकास गर्न सकिने सम्भावना छ'

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?