National life

बजेटका बाबजुद आफ्नै बुँतामा पुनः निर्माणका कामहरु गर्छौं  : प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
1.6kShares
बजेटका बाबजुद आफ्नै बुँतामा पुनः निर्माणका कामहरु गर्छौं  : प्रधानमन्त्री ओली
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्ने बताएका छन्

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ पुनःनिर्माण अगाडि बढाइने बताएका हुन्।

यस्तै उनले पुनर्निर्माण र पुनःव्यवस्थापनका काम पनि तत्काल अघि बढाउने बताएका छन् ।

उनले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए । प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?