बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए ।
बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७र१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए ।
‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् ।
यसबाहेक ५ लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेका छौं ।
‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । जस कारण हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । २८ प्रतिशत खुद तरल सम्पत्ति छ । यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’
साथै, केही बैंकको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५र७६ को प्रतिशत हुँदा केहीको ८३र८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको उनले बताए ।
सीडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए । ‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं । भारतमा निष्क्रिय कर्जा कोभिड पछिको तुलनामा केही घटे पनि नेपालको भन्दा बढी नै छ ।’
केसीले खराब कर्जा बढेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे । छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ ।
खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन् । यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए । खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
तर, पछिल्लो समय बैंकको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने केसीले जनाए । ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।’
उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलपाले समग्र सिस्टममा असर गर्छ ।’ त्यसकारण नेपालको बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक रहेको उनको धारणा छ ।
सिबिफिनका तथा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल
परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ रु उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूणर् भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिको बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ । यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट
अर्थतन्त्रको चार वटामध्ये बैंकिङ क्षेत्र एक हो । त्यसकारण बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्र नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।


































