National life

भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न सरकारसँग माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
1.2kShares
भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न सरकारसँग माग
ncell

काठमाडौँ । सरकारसँग भारतबाट नेपाल आयात हुने सयपत्री लगायतका फूल माला रोक्न नेपाल सयपत्री फूल माला उत्पादक केन्द्रीय संघले माग गरेको छ।

तिहारको समयमा बढी माग हुने फूल माला भारतबाट आयात हुने गरेको कारण नेपाली किसानहरूले उत्पादन गरेका फूल मालाले बजार र मूल्य नपाएको गुनासो गर्दै भारतबाट आयात हुने फूल माला रोक्न सकरकारलाई आग्रह गरेका हुन ।

नेपाल सयपत्री फूल माला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछि नेपाली फूल माला उत्पादक किसानहरूलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन् । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतीक्षा गरिरहेको उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दीपावली आउनै लाग्दा फ्लोरीकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूल मालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै  अध्यक्ष चौलागाईंले  गुनासो पोखेका हुन ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?