National life

माग भन्दा १९.३२ गुणा बढी आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
607Shares
माग भन्दा १९.३२ गुणा बढी आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय
ncell

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड्को मिति तय भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी रहेको जानकारी दिएको छ । क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी छ।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।

कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?