सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रुपमा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी हो।
कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधमिा ३१.९६ प्रतिशत र कुल खर्च ०.७७ प्रतिशत घटेको छ।
यस समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ।





































