National life

माघ २ गतेसम्म लम्बिने भयो खाद्य व्यवस्था कम्पनीको सहुलियत पसल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
861Shares
माघ २ गतेसम्म लम्बिने भयो खाद्य व्यवस्था कम्पनीको सहुलियत पसल
ncell

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिने जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को चाडबाड लक्षित सहुलियत पसल असोज २१ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा उक्त समयसीमा फेरि बढाएर माघ २ गतेसम्म पुर्‍याइएको कम्पनीका सूचना अधिकारीले जानकारी दिएका छन्।

यस वर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई रु दुई करोड ३२ लाख २० हजार बजेट उपलब्ध गराएको थियो । सोही रकम बचत हुन गएमा त्यसपश्चात्का चाडपर्वमा पनि सहुलियत पसल सञ्चालन गर्ने निर्णयअनुसार निरन्तरता दिइएको सूचना अधिकारी शर्मिला न्यौपानेको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहुलियत मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा अहिलेको बजार मूल्यभन्दा प्रतिकिलो रु सातले सस्तोमा बिक्री वितरण भइरहेको छ ।

त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो रु १० छुट दिइएको छ । खाद्य व्यवस्था कम्पनीले प्रवर्द्धन गरिरहेको ‘नेपाल फुड’ ब्रान्डका खाद्य सामग्रीमा यो अवधिसम्मका लागि निःशुल्क अनलाइन होम डेलिभरीको सुविधा पाइने पनि कम्पनीले जनाएको छ ।

खाद्य व्यवस्था कम्पनीको काठमाडौँ उपत्यकासहित देशभरका ५० स्थानमा सहुलियतपूर्ण स्टल छन् । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?