काठमाडौँ। मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट हुने भएको छ ।
मेट लाइफ कम्पनीबाट जारी भएर व्यतीत रहेका बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले घोषणा गरेको हो।
जसअन्तर्गत पाँच वर्षसम्मको व्यतीत जीवन बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने कम्पनीको भनाई छ ।



































