National life

वस्तु निर्यातमा नेपालको ठुलो फड्को, आयात ११.२ % रहँदा निर्यात ५७.२% बढी (पूर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
616Shares
वस्तु निर्यातमा नेपालको ठुलो फड्को, आयात ११.२ % रहँदा निर्यात ५७.२% बढी (पूर्णपाठ सहित)
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ । गन्तव्यका आधारमा भने भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

चालु वर्षको आठ महिनामा कुल वस्तु आयातमा ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ।

भटमासको कच्चा तेल, चामल धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढ्दा पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रासायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

यो आठ महिनामा कुल वस्तु व्यापार घाटा करिब १० खर्ब पुगेको छ । यस अवधिमा देशको व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/04/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2081.82-1.pdf"]

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?