काठमाडौं । सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्य बरावरको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।
यो वर्ष अहिलेसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ ।
पछिल्लो केही वर्ष यता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको केन्द्रको भनाई छ ।
सङ्खुवासभामा स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन लागू भई किसानलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो ।
सङ्खुवासभामा गएको वर्ष १९ करोड ९३ लाख रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको अहिलेसम्म्म ३४ करोड रुपैयाँभन्दा धेरैको कारोबार भइसकेको छ । रासस ।


































