National life

समता घरेलु लघुवित्त ५० हजार ९ सय कित्ता सेयर बाँडफाँड, १३.१२ लाखको हात खाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
745Shares
समता घरेलु लघुवित्त ५० हजार ९ सय कित्ता सेयर बाँडफाँड, १३.१२ लाखको हात खाली
ncell

काठमाण्डौ। आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ एक समारोहका बीच बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

यसमध्ये १ करोड ९६ लाख ६८ हजार २२० कित्ता सेयर खरिदका लागि परेको १३ लाख ४७ हजार ५१३ आवेदन सदर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सदर भएका आवेदकहरुलाई ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ।

कुल आवेदकमध्ये ३५ हजार ९० जनालाई १० कित्ताका दरले ३ लाख ५० हजार ९ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ४ कित्ता सेयर ५ जना लाई थप वितरण गरिएको छ । जसमध्ये ४ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ।

यसरी बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात खालि भएको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?