National life
cg eloctronics

सामसङले ल्यायो विशेष अफरसहित नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
1.9kShares
सामसङले ल्यायो विशेष अफरसहित नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन
muktinatha bikash bank

कठमाडौं । नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ।

ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ। एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टीमले ९९.९% ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ। यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ।

एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ। त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टहरूलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडाहरूलाई नरम र प्रभावकारी धुलाई दिन्छ।

everest bank

डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वाशिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ। स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ।

दुई मोडलमा उपलब्ध — सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य रु १०१,९९० बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ। यी उपकरणहरू, ०% ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत खरिद गर्न सजिलो बनाइएको छ।

लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वाशिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ। यी नयाँ लन्च भएको ९केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर बचपयकतयचभ।अयm मार्फत रु ३००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन्।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ।

सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?