National life

सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिलाउन जिप्रका काठमाडौँको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
867Shares
सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिलाउन जिप्रका काठमाडौँको आग्रह
ncell

काठमाडौँ। सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा उपलब्ध बनाईदिन जिल्ला प्रशासन कार्यालय,काठमाडौँले आग्रह गरेको छ ।

आज सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो। देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको,अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि त्यस्तो सूचना दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको हो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माबाट जारी सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धि सर्पन, गौचरण, घाट आदि जग्गाहरू कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोग चलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरू बलजफती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको भए त्यस्तो जग्गाबारे सूचना वा प्रमाण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?