National life

साल्ट ट्रेडिङ कर्पोरेसनको आम्दानी २ अर्ब २४ करोड,अन्य सुचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
1.2kShares
साल्ट ट्रेडिङ कर्पोरेसनको आम्दानी २ अर्ब २४ करोड,अन्य सुचक कस्ता ?
ncell

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्मको अवधिसम्ममा कर्पोरेसनले १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १६.५२ प्रतिशत थोरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको असोजसम्म यसले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो। पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनका कारण कम्पनीको नाफा पनि प्रभावित हुन पुगेको हो।

यस अवधिमा कम्पनीको आम्दानीमा २३.३९ प्रतिशतले घटेको छ। गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले घटेर २ अर्ब २४ करोडमा झरेको छ।

हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ। यस अवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी (वार्षिक) १९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ६२ पैसा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?