National life

सिटिजन्स बैंकको ऋणपत्रमा नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
1.1kShares
सिटिजन्स बैंकको ऋणपत्रमा नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । आज पुस २३ गते सोमबार देखि नेप्सेमा सिटिजन्स बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सूचीकृत भएको छ।

बैंकले गत असोज १७ देखि कात्तिक १ गतेसम्म एक हजार दरका ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेको पुस १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २३ गते सोमबार सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएसँगै उक्त ऋणपत्र मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य बनेको छ । नेप्सेमा सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार हुने व्यवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले हिमालयन क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्रमा लगानीकर्तालाई वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी सर्वसाधारणमा बिक्री खुला गरिएको थियो ।

ऋणपत्रमा आर्जित ब्याज रकम बैंकले प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्नेछ । बैंकले बिक्री गरेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण (सामूहिक लगानी कोषहरुका लागि ६० हजार कित्ता ऋणपत्र समेत) मा बिक्री खुला गरिएको थियो ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?