काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाएको भन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहारको काठमाडौँ स्थित होटेल म्यारिएटमा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० र कोरिया बाट रेमिटान्स पठाउने सुवास लिम्बुलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त हिन्दु नेपालीहरूको महान चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिनसम्म उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँ को वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ,) ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००० र २ जनाले मासिक उपहार (जनही रु १००,०००) जित्न सफल भइसकेका छन् । उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।


































