National life

स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय सहित २ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
567Shares
स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय सहित २ जना पक्राउ
ncell

काठमाडौँ। हुण्डी कारोबारीमा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले नगद सहित  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका ३ बस्ने ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रुपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका सञ्चालक अजय कुमार समेतलाई पक्राउ गरेको हो ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?