National life

 ३ करोड २१ लाख भ्रष्टाचार गरेको आरोपमा शाखा अधिकृत कार्की उपर आरोप-पत्र दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
625Shares
 ३ करोड २१ लाख भ्रष्टाचार गरेको आरोपमा शाखा अधिकृत कार्की उपर आरोप-पत्र दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा शाखा अधिकृत याम कुमार कार्की उपर ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा बिगो कायम गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै आरोप–पत्र दायर गरेको छ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको गरेको अख्तियारको ठम्याई छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलवारिमा खटिई कार्कीले काम गर्दै आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्कीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत्र ३० गतेसम्मको अवधिमा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा गैर कानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको भनाई छ । साथै गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको र पत्नी देवका अधिकारीको नाममा समेत राखेको देखिएको हुँदा निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफतको माग दाबी लिई बिशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?