काठमाडौँ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थिति अनुसार विदेशी विनिमय सञ्चिति माथि उल्लेखित सङ्ख्या बराबर पुगेको हो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ।
त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६२३ अर्ब ९२ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २२१ अर्ब २ करोड कायम भएको छ ।

































