काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) –२०८० को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ ९४७.८६ (प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यस वर्ष एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् । २०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात् (एनजी) भएका थिए । जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् ।
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ । एसइईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।
आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने

































